सप्तकोसी /सप्तरीको साप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर को वडा सभा एकहल गोरु पाल्ने कृषकलाइ १० हजार पुरस्कार दिने निर्णय गर्दै सम्पन्न ।
सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुर को वडा सभा बुधबार भगवती मन्दिर को सभाहल मा सम्पन्न भएको छ। आर्थिक बर्ष २०८१/८२ को बिकासिय कार्यक्रम को समीक्षा का साथै आ ब २०८२/८३ को बार्षिक कार्यक्रम को वडा सभा सम्पन्न भएको हो। सभा मा गत आर्थिक बर्ष भरिमा घर मा एकहल गोरु राखी खेती गर्ने नौ जना कृषक लाई प्रोत्साहन स्वरुप प्रमाण पत्र सहित रु दस हजार प्रदान गरिएको थियो भने दुई कठठा भन्दा बढी जग्गामा व्यावसायिक तरकारी खेती गर्ने दुई जना कृषक लाई नगद पाछ हजार प्रदान गरिएको थियो। साथै ७० बर्श भन्दा माथी का २ सय ९० जेस्ठ नगरिकलाइ पनि आज सम्मान गारिएको थियो। समानित सबैलाइ कार्यक्रम का प्रमुख अतिथी मधेस प्रदेस सरकारका गृह,सन्चार तथा कानुन मन्त्री राजकुमार लेखी ले सम्मान गर्नु भएको थियो। वडा ले गत बर्ष वडा भित्र रहेका १२ सय ९ घर लाई घर धुरी नम्बर उपलब्ध गराउने कार्यलाइ अघि बढाएको र आगामी आब मा समपन्न गरिने वडा अध्यक्ष रोहिणी प्रसाद पोखरेल ले बताए।
वडा सभामा आर्थिक बर्ष २०८२/८३ को बिनियोजित कुल बजेट ४४ लाख ५२ हजार भित्र पर्ने विभिन्न कार्यक्रम हरु माथी छलफल गरिएको थियो। कार्यक्रम मा सप्तकोसी नागरपालिका का नगर प्रमुख कृष्ण प्रसाद ढकाल ,उप प्रमुख रिता कुमारी चौधरी,निबर्तमान नगर प्रमुख उत्तम गौतम,निबर्तमान वडा अध्यक्ष नारायण आचार्य , नेपाली काङ्रेस सप्तकोसी नगर सभापति युबराज खनाल,एमाले नगर अध्यक्ष पारस दाहाल ,माओबादी का नगर अध्यक्ष गुणराज कोइराला, रा प्र पा नगर अध्यक्ष जयराम ढुङाना लागायतको  उपस्थिती रहेको थियो।

Facebook Comments Box