सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित दोस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनल खेल शनिबार सम्पन्न भएको छ।
सप्तकोसी नगर खेलकुद बिकास समितिको आयोजना असार २६ गते देखि संचालित राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको शनिबार भएको फाइनल खेलमा मेन्स डबल ओपन तर्फको बिधामा भोजबहादुर गुरुङ र डेबिड् थापामगर को जोडीले बिजित थापामगर र छितिज खनालको जोडीलाइ हराउँदै प्रतियोगिताको उपाधि जितेका छ्न भने मेन्स डबल ओपन बि डिभिजनको उपाधि जोनजसराज र सक्षम ढ्कालको जोडीले संगम गिरि र जोन राइको जोडीलाइ हराउदै उपाधि हात परेका छ्न। मिक्स डबल ओपनको उपाधि छितिज खनाल र सोभा गौचनको जोडीले भोजबहादुर गुरुङ र नबिना राइको जोडीलाइ हराउँदै उपाधि हात पारेका छ्न।

         यसै गरि मेन्स डबलस १०० प्लसमा देबेन्द्र दुलाल र देवन राइको जोडीले पदम धिमाल र बिकास श्रेष्ठको जोडीलाइ हराउदै उपाधि हात पारेका छ्न भने सप्तरी जिल्ला स्तरीय प्रतियोगिताको उपाधि सुनिल परियार र सन्तोष कटवालको जोडीले सुरज खडका र जोनजसराजको जोडीलाइ हराउँदै उपाधि जितेका छ्न।                   सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा संचालित दोस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८२ का सम्पुर्ण बिधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाइ सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र बितरण  गरेका छ्न।

Facebook Comments Box