सप्तकोसी /सप्तरीमा नयाँ पत्रिकाकर्मि सौरभ यादवमाथि शुक्रबार बिहान छुरा प्रहार भएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल अगाडि विहान १० :४२ बजेको समयमा साथि संग गफ गरिरहेका पत्रकार यादव माथि एउटा मोटरसाइकलमा आएका तीनजनाको समुहले एक्कासि यादव माथि छुरा र हेल्मेट प्रहार गरि फरार रहेका छ्न ।
अस्पतालको गेटछेउमा उभिएर साथि संग बोल्दै गरेका यादव लाइ छिन्नमस्ता गाउँपालिका–१ विरपुरका कृष्णनाथ यादव (क्याप्टेन), राजविराज–११ राजु यादव र विष्णुपुर गाउँपालिका–७का राजबाबु झाले आफूमाथि चक्कु, बेल्ट, हेलमेटले प्रहार गरेको यादवले बताए।
पत्रकार यादवको हात,टाउको तथा शरिरमा चोट लागेको छ।
घाइते पत्रकार यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
पत्रकार यादवमाथि आक्रमण गरेर फरार रहेका आक्रमण कारिको खोजी कार्य भइरहेको सप्तरी प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

Facebook Comments Box