उत्सव आचार्य

कञ्चनरूप, ३१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका ८ चाँदनी चोक स्थित चन्द्र नहरमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ । कञ्चनरूप-७ बलुवा चोक बस्ने नटाई चौधरीको छोरा बर्ष ५० को गोबिन्द चौधरी मृत अवस्थामा फेला परेका हुन ।

शनिबार दिउँसो १:३० बजेको समयमा चन्द्र नहरमा चौधरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी घटना स्थलमा पुगी उक्त शव पानीबाट बाहिर निकालि शव जाच मुचुल्का लगाएतको कार्य गरेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

मृतक चौधरीको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा रहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Facebook Comments Box