सप्तकोसी /सप्तरीको सप्तकोशी नगरपालिका–२, पर्शामा मोटरसाइकलले सिटि सिटिसफारिलाइ ठक्कर दिदा ६ जना घाइते भएका छ्न।
कञ्चनपुर–फत्तेपुर सडक खण्डमा आइतबार दिउसो कञ्चनपुरतर्फ जाँदै गरेको प्र.१–०२–००४ ह ८८२२ नम्बरको सिटि सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्र.१–०५–००२ प १४६ नम्बरको मोटरसाइकलले पछाडि बाट ठक्कर दिएको थियो।
घाइतेहरूको प्राथमिक उपचारको फत्तेपुरमा रहेको किरण पोलिक्लिनिकमा भैरहेको प्रहरीले जनाएको छ। घाइते मोटरसाइकल चालक २६ वर्षीय संदिव चौधरीको दुबै घुँडा, दायाँ हात र मुखमा चोट लागेका छ।
सिटिसफारीमा सवार घाइतेहरूमा सप्तकोशी नगरपालिका–७ बस्ने ५० वर्षीया वडा सदस्य बिमला चौधरीलाई ,१८ वर्षीया एलिना चौधरी, अनु थापामगर र सबिना चौधरी रहेका छन। सिटि सफारी चालक २५ वर्षीय भाजु बहरदारलाई सामान्य चोट लागेको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी चौकि फत्तेपुरले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भैरहेको प्रहरी चौकि फत्तेपुरका इन्चार्ज पन्नलाल चौधरीले जानकारी दिए।

Facebook Comments Box