सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको ब्रहमाकुमारि राजयोग उपसेवा केन्द्रमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय रक्तदान महाअभियान कार्यक्रम २०८२ मा अन्तरगत विश्व बन्धुत्व दिवसको अबसरमा ब्रहमाकुमारि राजयोग उपसेवा केन्द्र फत्तेपुरको आयोजना एबम नेपाल रेडक्रस सोसाइटी सप्तरीको प्राबिधिक सहयोगमा संचालित रक्तदानको उद्घाटन सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल र उपसेवा केन्द्रकि प्रमुख सन्चालिका ब्रहमाकुमारि निरा यदाबले संयुक्तरुपमा पानसमा बत्ती बालेर गरेकाछ्न ।

    रक्तदान कार्यक्रममा बोल्दै सन्चालिका ब्रहमाकुमारि निरा यादवले भनिन मानवताको सेवा नै सबैभन्दा ठुलो धर्म भएकाले आउनुस रक्तदान गरौं तपाई हामिले दिएको रगतले कयौं रगतको अभावमा छ्टपटिएर मृत्युको मुखमा रहेकाहरुलाइ बचाउन सकिन्छ भन्ने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताइन।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाले रक्तदानको यो महा अभियानमा जोडिन सम्पुर्ण नगरबासिमा आह्वान गर्दै रक्तदान जिबन दान भएकाले सबैजनाले गर्नु पर्ने बताए।रक्तदान गर्नाले शरीरमा विभिन्न  ५ प्रकारको फाइदा समेत हुने बताए ।
रक्तदान कार्यक्रममा सप्तकोसी नगरपालिका  बुद्धिजिबि, ब्यापारी,नेपाल प्रहरी,शशस्त्र प्रहरी,आयोजक ब्रहमाकुमारिका दिदिबहिनी लगायत २७ जनाले रक्तदान गरेको सेवा केन्द्रकि प्रमुख सन्चालिका ब्रहमाकुमारि निरा यादबले जानकारी दिइन।
रक्तदान कार्यक्रम बाट २७ पिन्ट रगत सकलन गरि नेपाल रेडक्रस सोसाइटी सप्तरीको ब्लड बैंकमा जम्मा गरिएको आयोजकले जनाएको छ।                                                                      रक्तदान गरेर अमुल्य दान गरेर सहयोग गर्ने  २७ जनालाइ नगरप्रमुख कृष्णप्रसाद ढकालले प्रमाणपत्र बितरण गरेका छन।

 

 

 

Facebook Comments Box