मधेश प्रदेशमा सञ्चार क्षेत्रलाई मर्यादित बनाउन चाँडै संचार ऐन ल्याइने : मन्त्री लेखी


राजविराज/ मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले झुठा समाचार लेख्ने र अमर्यादित पत्रकारिता गर्ने सञ्चारकर्मी र संचार माध्यमलाई कानुनी दायरामा ल्याउन छिटै सञ्चार ऐन ल्याउन लागेको बताएको बताएका छ्न।
राजविराजमा मधेश प्रदेश प्रहरी तालिम केन्द्रमा नवनिर्मित आन्तरिक प्रशिक्षण भवनको उद्घाटन गर्दै मन्त्री लेखीले केही सञ्चारकर्मी र संचार माध्यमहरूले गलत सूचना प्रकाशन गर्ने, झुठा समाचार लेख्ने र ब्ल्याकमेलजस्ता गैरव्यावसायिक कार्यमा संलग्न हुने प्रवृत्ति देखिएकाले त्यसलाई रोक्न कानूनी प्रावधान आवश्यक भएको बताएका छ्न।
केहि समय यता सञ्चार क्षेत्रमा बढ्दै बिकृति लाइ मर्यादित बनाउन प्रदेश सरकारले चाँडै सञ्चार ऐन ल्याउने तयारी गरेको बताएका छ्न।
कार्यक्रममा बोल्दै मन्त्री लेखिले सीमित स्रोतसाधनकाबीच पनि सुरक्षा निकायले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, तालिम केन्द्र प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमबहादुर दाहालसहित विभिन्न सरकारी निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता थियो।
प्रशिक्षण भवन निर्माणका विषयमा मधेश प्रदेश प्रहरी कार्यालय, भौतिक पूर्वाधार शाखाले प्रतिवेदन प्रस्तुत गरेको थियो। आ.व. २०७७/७८ मा मन्त्रालयबाट ४ करोड रुपैयाँ बजेट विनियोजन भएपछि रु. ३ करोड ९६ लाख ८४ हजार ७ सय ८८ लागत अनुमानमा निर्माण कार्य अघि बढाइएको थियो। मुल्य अभिवृद्धि करसहित कुल रु. ३ करोड २३ लाख २२ हजार २ सय ७ रुपैयाँ ९४ पैसामा निर्माण सम्पन्न भएको भवनबारे जानकारी दिइएको छ।
गृहमन्त्री लेखीले प्रशिक्षण भवन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रहरी तालिम केन्द्र राजविराजको टिमलाई धन्यवाद दिँदै यसलाई प्रहरी बलको दक्षता अभिवृद्धि गर्ने महत्वपूर्ण उपलब्धि भएको बताएका छ्न।



