सप्तकोसीमा पानीको बहाव २ लाख ५० हजार क्युसेक नाघ्यो, ३४ ढोका खुला



उत्सव आचार्य
कञ्चनरूप, १६ भदौ । पहाडी क्षेत्रमा भएको वर्षाले कोशी ब्यारेजमा पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ ।


सोमबार बेलुका ५ बजेको मापनअनुसार २ लाख ५६ हजार १० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ । आइतबार राति १० बजे गरिएको मापनअनुसार २ लाख २६ हजार ५६० क्युसेक प्रतिसेकेण्ड रहेको थियो ।
मापन केन्द्रका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३४ वटा खुला गरिएको छ ।


कोशी ब्यारेज भएर १ लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातोबत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
Facebook Comments Box

