पप्पु यादव सुनसरी /सुनसरीको श्रीपुरमा सशस्त्र प्रहरी बलको नव निर्मित  भवनको सोमबार उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटनका लागि आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले भवनको उद्घाटन गरेका छ्न। कार्यक्रममा सुनसरी ४ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, कोशी गाउँपालिका अध्यक्ष अयुब अन्सारी, जग्गादाता सविता यादव, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

        भवन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले समुदाय र सुरक्षाकर्मीबीच आपसी सहकार्य अझ प्रगाड बनाउनुपर्नेमा जोड दिए। न्यौपानेले शान्ति सुरक्षा र विपद व्यवस्थापनमा सहस्त्र प्रहरी सदेव अग्रपंक्तिमा रहने उल्लेख गर्दै स्थानीय स्तरमा विश्वासिलो सुरक्षाको वातावरण बनाउन सबैलाई आग्रह गरे। जम्मा पाँच कठ्ठा क्षेत्रफलमा रहेको भवनको कुल लागत १ करोड ४६ लाख ७ हजार ८सय ७५ रूपैयाँको लागतमा निर्माण भएको ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जनाएका छ्न।

Facebook Comments Box