सुन्दरी पुल छेउको कालि मन्दिरका पुजारीको रहस्यमय मृत्यु



कञ्चनरूप, २२ भदौ । सप्तरीको कञ्चनरुप नगरपालिका–९ स्थित सुन्दरी पुल छेउमा रहेको कालि मन्दिरका पुजारीको रहस्यमय मृत्यु भएको छ ।
नाम, थर र वतन नखुलेको करिब ७०–७५ वर्षका पुजारीको शनिबार राति मृत्यु भएको हो ।


७ वर्षदेखि निरन्तर सो मन्दिरमा पुजारीका रूपमा पूजा गर्दै आएका थिए ।
पुजारीलाई टाउकोमा गम्भीर चोट लागेर घाइते अवस्थामा स्थानीयले देखेका थिए । स्थानीयवासीको सहयोगमा उनलाई तुरुन्तै उपचारका लागि कञ्चनपुर नगर अस्पताल पु¥याइएको थियो । अस्पतालले उपचारकै क्रममा साँझ करिब ७ः२० बजेतिर उनको निधन भएको पुष्टि गरेको छ ।


घटनास्थल नजिकै शंकास्पद गतिविधि देखिएको र पुजारीको टाउकोमा गहिरो चोट भेटिएको कारण हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
घटनाको आशंकामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरि सोधपुछ तथा अनुसन्धान भइरहे जनाएको छ । शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको जनाइएको छ ।

