जेनजिको देशब्यापि आन्दोलनमा १९ जनाको हत्याको बिरोधमा सप्तकोसी सहित देशभर प्रदर्शन


सप्तकोसी /जेनजि को देश ब्यापि आन्दोलनमा प्रहरी दमन बाट सोमबार भएको नरसंहारको विरुद्धमा सप्तरीको सप्तकोसी नगरपालिका सहित मंगलबार देश भरि प्रदर्शन गरिएको छ।
देशमा रहेको भ्रष्टाचार बेथिति र सामाजिक संजाल बन्दको बिरोध गर्दै जेनजी ( १२ बर्षदेखि २८ बर्ष मुनी उमेर समुहका पुस्ताहरुको देश ब्यापि आन्दोलनमा प्रहरीले दमन गरि प्रहरीको गोलि लागि १९ जना प्रदर्शनकारी मृत्युु भएको घटनाको बिरोधमा सरकारको चर्को विरोध गर्दै सप्तकोसी सप्तकोसी नगरपालिका सप्तरी सदरमुकाम राजविराजसहित जिल्लाको विभिन्न स्थान सहित जेनजीले विहानदेखि देशभर आन्दोलन जारी राखेको छ।
जीनजी समुहले गरेको विरोध प्रदर्शन सप्तकोसीनगरपालिकाको फत्तेपुर बजार सहित विभिन्न बजार तथा पसलहरु बन्द रहेको छ भने शैक्षिक सस्था सरकारी गैरसरकारी कार्यलय सहित लामो तथा छोटोदुरिका सम्पूर्ण सवारी साधन ठप्प भएका छन् भने जेनजिका प्रदर्शनकारीहरु नगरपालिकाको विभिन्न स्थानमा प्रदर्शन सहित सप्तकोसी नगरपालिका कार्यलय अगाडि प्रदर्शन गरिरहेका छ्न। जेनजिका प्रदर्शनकारिहरुले सप्तरी जिल्लाको सदरमुकाम राजबिराज मा रहेका विभिन्न पार्टीका पार्टी कार्यलय हरुमा तोडफोड तथा आगजनी गरेका छ्न।
‘ हत्यारा सरकार मुर्दावाद, नालायक सरकार मुर्दावाद,प्रधानमन्त्री केपि शर्मा ओली राजिनामा दे, भ्रष्टचारी सरकार मुर्दावाद, यूवा मार्न पाईदैन, प्रहरी दमन मुर्दावाद, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीलाई जेल हाल’ लगायतका सरकार विरुद्ध चर्का नारा लगाउंदै यूवाहरु सडकमा उत्रिका छन् । जेनजिको आन्दोलनमा प्रहरीको गोलि लागि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने प्रहरी र प्रदर्शनकारी दुबै तर्फबाट गरि सयौंको संख्यामा घाइते भएका छ्न ।




