उत्सव आचार्य

कञ्चनरुप, २८ भदौ । सप्तरीमा आजदेखि कफर्यु हटाइएको छ । शनिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले शनिबार एक सूचना जारी गर्दै शनिबार १० बजेदेखि लागू हुने गरि निषेधाज्ञा तथा कर्फ्यू हटाइएको जनाइएको छ ।

भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन भएपश्चात् जिल्लामा शान्ति र सुव्यवस्था कायम राखी जनजीवन सामान्य बनाउने सन्दर्भमा जिल्लाभर लागू हुने गरी कफर्यु आदेश जारी गरिएकोमा स्थिति सामान्य हुँदै गएकाले कफर्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले सूचनामार्फत जनाएको छ ।

जिल्लामा कर्फ्यू हटेसँगै जनजीवन सामान्य बनेको छ । बजारमा चहलपहल बढेको छ भने सार्वजनिक बस नचले पनि अन्य सवारीका साधनहरू निर्बाध सञ्चालन भइरहेका छन् ।

Facebook Comments Box