सप्तकोसीबासिले आर्यघाटलाइ ब्याबस्थित गर्न माग गर्दै बुझाए नगरप्रमुखलाइ ज्ञापनपत्र


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित हेडवक्स नजिकै त्रियुगा किनारमा रहेको आर्यघाटलाइ ब्याबस्थित गरि आर्यघाटमा बिना अवरोध दाहसंस्कार गर्न पाउनु पर्ने सहित विभिन्न ४ बुदे मागराख्दै सप्तकोसी नगरबासिको तर्फबाट नगरप्रमुख र वडा अध्यक्षलाई मङलबार ज्ञापन पत्र बुझाएका छन्।
सप्तकोसी नगरपालिका र वडा न १ को कार्यलयमा ज्ञापनपत्र बुझाउदै नगरबासिले सप्तकोसी नगरपालिकाका विभिन्न वडाका बासिन्दाहरुको मृत्युपछि गरिने अन्तिम दाहसंस्कार गर्नको लागि चन्द्र नहर सिचाइ प्रणाली निर्माण हुनु भन्दा अगाडि देखि आर्यघाटको रुप प्रयोग गरिदै आएको उक्त स्थानमा आर्यघाट आसपासबसोबास गर्ने केहि मान्छेहरुले बिरोध गरि लास पोल्ने दाउरा लान नदिने तथा लास जलाउदै गर्दा अबरोध सृजना गरि मलामिहरु माथि समेत पटकपटक आक्रमणको प्रयास भएको भन्दै सप्तकोसी नगरपालिकाबासिहरुले चलिआएको आर्यघाटको उचित ब्याबस्थापन गरि आर्यघाटका लागि बिनियोजित बजेटलाइ यथासिर्घ्र कार्यनयन गरिनु पर्ने, आर्यघाटको ब्याबस्थापन नहुनजेल सम्मको लागि चलिआएको आर्यघाटमा सहजरूपमा दाहसंस्कार गर्ने ब्याबस्थापन गरिनु पर्ने,त्रियुगा नदिको उत्तर दक्षिण तर्फका जग्गा र चन्द्र नहरका जग्गाको मापदण्ड यकिन गर्न सम्बन्धित निकाय संग पहल गर्नुपर्ने र माथि उल्लेखित मागहरूलाइ ७ दिन भित्र सम्बोधन नगरि थप संघर्षको कार्यक्रम घोषणा गरि अगाडि बढिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।


सप्तकोसी नगरबासिको ज्ञापन पत्र ग्रहण गर्दै नगर प्रमुख कृष्ण प्रसाद ढकाल ले नगरबासिको तर्फबाट नगरपालिका लाई सजग गराउन र नगर को विकासमा चासो सहित ज्ञापन पत्र दिनु भएको मा नगर को यसमा ध्यानाकर्षण भएको बताउदै सम्पुर्ण नगरबासिलाइ नगरमा स्वागत गर्दै सदिऔं देखि चल्दै आएको आर्यघाटको दिगो ब्याबस्थापन गर्नको लागि नगरपालिकाले ७ करोडको लागत स्टिमेट सहितको डिपिआर तयार गरि त्रियुगा मोक्षधामको रुपमा आर्यघाट ब्याबस्थापनको लागि यो आ. ब. को लागि ८७ लाख बजेट समेत बिनियोजन गरिसकिएको नगरप्रमुख कृष्णप्रसाद ढकाले बताए।
३ बर्षमा सम्पन्न गर्ने गरि आर्यघाटलाइ ब्याबस्थित गर्दै सामाजिक सद्भाव कायम गर्ने गरि पबित्र त्रियुगा किनारमा धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थलकोरुपमा परिणत गर्न त्रियुगा मोक्षधाम निर्माण गर्न लागिएको नगर प्रमुख ढकालले जानकारी दिए।मोक्षधाम निर्माण संगै आर्यघाट ब्याबस्थापन विभिन्न धार्मिक कार्य तिथि ,श्राद,पुराण,भजनकृतन लगायतका कार्यहरु सम्पन्न गर्न मिल्ने गरि डिपिआर तयार गरिएको नगरप्रमुख ढकालले बताए।


आर्यघाट ब्याबस्थापन नहुनजेल सम्मको लागि साबिककै ठाउँमा खोलाबाढि आको बेला पनि दाहसंस्कार गर्न मिल्ने गरि अस्थायी ब्याबस्थापन गरि सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण मिलाउनको लागि स्थानीय सरकार कटिबद्ध रहेको बताउदै सहज बाताबरणका साथ दाहसंस्कार गर्ने बाताबरण सृजना गरि सहयोग गरिदिनु हुन सम्पुर्ण नगरबासिहरुमा आग्रह गरेकाछ्न ।नगरमा कुनै समस्या आए एक आपसमा बार्ता सम्बादाको माध्यम बाट समस्यको समाधान खोज्न नगरपालिका हरदम तयार रहेको र बार्ता सम्बादको माध्यमबाट समाधान खोज्न नगरबासि सबैलाई आग्रह गरेका छ्न।


