अविरल बर्षाका कारण सप्तकोसीका दर्जनौ घर डुवानमा


सप्तकोसी /शनिबारदेखि परेको अविरल बर्षाका कारण आएको बाढिका कारण सप्तरीको सप्तकोशी नगरपालिका ६ बोचहीका ७१ घर डुवानमा परेका छन्।
शनिबारदेखि देशभरमा परेको अविरल बर्षाका कारण सप्तरीको सप्तकोसी नगरपालिका वडा न ६ बोचहिका बस्ती डुबानमा परेका छ्न भने वडा २ र वडा ३ का बस्ति समेत डुवानमा परेका छ्न।
त्रियुगा नदिमा आएको बाढी बस्तीमा पसेपछि वडा न ६ का ७१ घर डुबानमा परेका छ्न। डुबानमा परि जोखिममा रहेका घर परिवारलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र नगरप्रमुख कृष्णप्रसाद ढकालको नेतृत्वमा पीडितलाइ सेना, प्रहरी, ससस्त्र प्रहरी र स्थानीयले सुरक्षितरुपमा बिधालयमा स्थानान्तरण गरिएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।
अविरल बर्षा संगै आएको बाढिले सप्तकोशी नगरपालिका २ को सुकुम्बासी टोल पूर्ण रूपमा डुवानमा परेको छ। त्यहाँका ६३ घरमध्ये २९ घरमा पानी पसेको छ। त्यस्तै, वडा नम्बर ३ को मुसहर बस्तीका १५ घर पनि डुवानमा परेका छन्। ‘नयाँ बस्ती’ नामले परिचित सो क्षेत्र बाढीले प्रभावित हुँदा स्थानीय विपन्न जनताहरू कठिनाइमा परेको सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेनले बताए ।
अविरल बर्षा संगै टेग्रा खोलामा आएको बाढीले स्थानीयको धानबालीमा ठूलो क्षति पुर्याएको छ भने पानी संगै हावा चलेकाले सयौं बिघामा लगाइएको धान खेति लेडेर नस्ट भएको छ।




