सप्तकोशी नदीमा पानीको वहाव घट्दो क्रममा



उत्सव आचार्य
कञ्चनरूप, २० असोज । अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीमा पानीको वहाव घट्दो क्रममा रहेको छ ।


कोसी ब्यारेजमा आज बिहान १० बजे गरिएको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ । गएराति पानीको वहाव ५ लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो ।
रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको हो ।
अहिले कोशी ब्यारेजको ४८ ढोका खोलिएका छन् ।


Facebook Comments Box

