फत्तेपुरमा आर्यघाटमा विवाद:- स्थानीयले गरे सप्तकोसी नगरपालिकामा तालाबन्दी


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको आर्यघाटलाइ ब्याबस्थित गरि आर्यघाटमा बिना अवरोध दाहसंस्कार गर्न पाउनु पर्ने माग गर्दै स्थानीयले सप्तकोसी नगरपालिका र वडा न १ को कार्यलयमा शुक्रबार तालाबन्दी गरेका छ्न ।
बिगत केहि समय देखि आर्यघाट ब्याबस्थापनको बिषयलाइ लिएर स्थानीयहरु बिच विवाद हुदै आएको थियो बिहिवार सप्तकोसी नगरपालिका वडा न १ का स्थानीय युवा मुकेश परियारको कलमा पानी चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएपछि शुक्रबार बिहान परियारको शव वोकेर दाहसंस्कारका लागि आर्यघाट पुगेका मलामिहरुलाई आर्यघाट आसपासका वासिन्दाले दाउरा झार्न अवरोध गरेपछि विवाद चर्किएको थियो विवादका बाबजुद लास लिएर घाट पुगेका मलामिहरुले आर्यघाटमा दाउरा झार्ने ठाउँमा लगाएको बार भत्काएर आर्यघाटमा दाउरा झारेर चिता बनाउन शुरु गरिएपछि विवाद ले चर्को रुप लिएको थियो दुइ पक्ष बिच विवाद सृजना भएपछि मलामि माथी आक्रमणको प्रयास भए पछि मलामिले प्रतिबाद गरेका थिए स्थानीय र प्रहरीले स्थितिलाइ सामान्य बनाउदै परियारको दाहसंस्कार गरिएको स्थानीय भानुभक्त भट्टराईले बताए।
दाहसंस्कार गर्न आर्यघाट पुगेका मलामि र आर्यघाट आसपासका स्थानीय बिचको विवाद पछि आक्रोशित फत्तेपुरबासीले आर्यघाटको दिगो ब्याबस्थापनको माग गर्दै गत भाद्र ३१ गते सप्तकोसी नगरपालिका र वडा न १ को कार्यलयमा ज्ञापनपत्रसमेत बुझाइ आर्यघाट ब्याबस्थापन गरिदिन गरेको आग्रहलाइ नगरपालिकाले बेवास्ता गरि स्थानीय सरकारले स्थानीय स्थानीय बिच द्वन्द्व सृजना गरिदिएको भन्दै स्थानीयहरुले सप्तकोसी नगरपालिकाको कार्यालय र वडा नम्बर १ को कार्यालयमा तालाबन्दी गर्नु परेको स्थानीय नारायण खडकाले बताए ।
सप्तकोसी नगरपालिकाका विभिन्न वडाका बासिन्दाहरुको मृत्युपछि गरिने अन्तिम दाहसंस्कार गर्नको लागि चन्द्र नहर सिचाइ प्रणाली निर्माण हुनु भन्दा अगाडि देखि आर्यघाटको रुप प्रयोग गरिदै आएको उक्त स्थानमा आर्यघाट आसपासका केहि मान्छेहरुले बिरोध गरि लास पोल्ने दाउरा लान नदिने तथा लास जलाउदै गर्दा अबरोध सृजना गरि मलामिहरु माथि समेत पटकपटक आक्रमणको प्रयास भएको भन्दै सप्तकोसी नगरपालिकाबासिहरुले चलिआएको आर्यघाटको उचित ब्याबस्थापन गरि आर्यघाटका लागि बिनियोजित बजेटलाइ यथासिर्घ्र कार्यनयन गरिनु पर्ने, आर्यघाटको ब्याबस्थापन नहुनजेल सम्मको लागि चलिआएको आर्यघाटमा सहजरूपमा दाहसंस्कार गर्ने ब्याबस्थापन गरिनु पर्ने,त्रियुगा नदिको उत्तर दक्षिण तर्फका जग्गा र चन्द्र नहरका जग्गाको मापदण्ड यकिन गर्न सम्बन्धित निकाय संग पहल गर्नुपर्ने सहित ४ बुदे ज्ञापनपत्र सप्तकोसी नगरपालिका र वडा न १ को कार्यलयमा बुझाए का स्थानीयहरुले ज्ञापनपत्र बुझाइ आर्यघाट मा सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण बनाइ दिन लिखित तथा मौखिकरुपमा सहजीकरण गरि दिन आग्रह गरेता पनि हाल सम्म कुनै पनि निकास ननिस्किएको र आर्यघाटमा दाउरा लाने बाटो बन्द भए पछि बाध्य भएर बार भत्काएर दाउरा लानु परेको स्थानीय पारस दहालले बताए। दहालका अनुसार परापुर्वकाल देखिको चलि आर्यघाट आसपासमा पछि बस्ति बसाइ आर्यघाट मा दाहसंस्कार गर्नु नदिनु अबरोध गर्नु मलामिहरु प्रति आक्रमणको प्रयास गर्नु लगायतका कार्य निन्दनीय रहेको बताउदै यसको दृघकालिन समस्याको समाधान स्थानीय सरकारले गरि दृघकालिन आर्यघाटको ब्याबस्थापन गरि सामाजिक सद्भाव कायम गरिनु पर्ने बताए।
हेडवान क्षेत्र हामि सबैको भएकाले पर्यटकीय क्षेत्र संरक्षण गर्नु हाम्रो पनि दायित्व भएकाले यो टोल तियो टोल नभनि सबै मिलेर संरक्षण गर्दै आएका छौ र फेरि पनि गर्ने बताउदै टोल टोल बिच विवाद नगरि एक भएर सामाजिक सद्भाव कायम गर्दै अगाडि बढ्नु पर्ने स्थानीय सुरज खड्काले बताए।
आर्यघाटको बिषयलाइ लिएर सप्तकोसी नगरपालिका र वडा कार्यलयमा शुक्रबार तालाबन्दी भए पछि दिनभर नगरपालिका र वडा कार्यलयको कामकाज प्रभावित भएको छ। आर्यघाटको विवाद र नगरपालिका वडा कार्यलयमा शुक्रबार भएको तालाबन्दीको बिषयमा नगरप्रमुख कृष्णप्रसाद ढकाल संग बुझदा आर्यघाटको बिषयलाइ लिएर पटकपटक विवाद हुदै आएकोले आर्यघाटको दृघकालिन ब्याबस्थापन गरि समस्याको समाधानको लागि नगरपालिका लाग्दा लाग्दै आज जुन घटना हुन पुग्यो त्यस प्रति म र नगरपालिका दुखिद रहेको बताउदै नगरप्रमुख ढकाल ले भने सम्पुर्ण नगरबासिलाइ मेरो अनुरोध छ आर्यघाटको दिगो ब्याबस्थापनमा नगरपालिका लागि रहेकाले सामाजिक सद्भाव कायम गर्दै समाजदारिमा अगाडी बढ्न आग्रह गरेका छ्न। सदिऔं देखि चल्दै आएको आर्यघाटको दिगो ब्याबस्थापन गर्नको लागि नगरपालिकाले ७ करोडको लागत स्टिमेट सहितको डिपिआर तयार गरि त्रियुगा मोक्षधामको रुपमा आर्यघाट ब्याबस्थापनको लागि यो आ. ब. को लागि ८७ लाख बजेट समेत बिनियोजन गरिसकिएकोले आपसी समाजदारिमानै आर्यघाटको दिगो ब्याबस्थापन गरिने बताएका छ्न बार्ता सम्बादको माध्यम बाट नै समस्याको समाधान गरि तत्कालीन आर्यघाटलाइ ब्याबस्थित गर्दै सामाजिक सद्भाव कायम गर्ने गरि पबित्र त्रियुगा किनारमा धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थलकोरुपमा परिणत गर्न त्रियुगा मोक्षधाम निर्माण गर्न लागिएको नगर प्रमुख ढकालले बताए आफु काम विशेषले काठमाडौ आएको र काठमाडौ बाट फर्किएपछि विवादित बिषयलाइ समाधान गरि त्रियुगामोक्षधाम निर्माण संगै आर्यघाट ब्याबस्थापन गरि विभिन्न धार्मिक कार्य तिथि ,श्राद,पुराण,भजनकृतन लगायतका कार्यहरु सम्पन्न गर्न मिल्ने गरि डिपिआर तयार गरिएको नगरप्रमुख ढकालले बताए।
आर्यघाट ब्याबस्थापन नहुनजेल सम्मको लागि साबिककै ठाउँमा खोलाबाढि आको बेला पनि दाहसंस्कार गर्न मिल्ने गरि अस्थायी ब्याबस्थापन गरि सहजरुपमा दाहसंस्कार गर्ने बाताबरण मिलाउनको लागि स्थानीय सरकार कटिबद्ध रहेको बताउदै सहज बाताबरणका साथ दाहसंस्कार गर्ने बाताबरण सृजना गरि सहयोग गरिदिनु हुन सम्पुर्ण नगरबासिहरुमा आग्रह गरेकाछ्न ।नगरमा कुनै समस्या आए एक आपसमा बार्ता सम्बादाको माध्यम बाट समस्यको समाधान खोज्न नगरपालिका हरदम तयार रहेको र बार्ता सम्बादाको माध्यमबाट समाधान खोज्न नगरबासि सबैलाई आग्रह गरेका छ्न।



