सर्वपक्षीय बैठकको सहमतिमा सप्तकोसी नगरपालिकामा लागेको तालाबन्दी खुल्यो


सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा रहेको बिबादास्पद आर्यघाटलाइ दिगो ब्याबस्थापनको माग गर्दै स्थानीयले नगरपालिका र वडा न १ को कार्यलयमा गरिएको तालाबन्दी सर्वपक्षीय छलफलको सहमति पछि मङलबार खोलिएको छ।
त्रियुगा किनारमा रहेको आर्यघाट अन्यत्र ब्याबस्थापन गर्नु पर्छ भन्ने स्थानीय र तेहि आर्यघाट ब्यबस्थित गर्नु पर्छ भन्ने स्थानीयहरु बिच मत बिभाजन भएपछि केहि समय यता आर्यघाटमा विवाद सृजना हुदै आए पछि आर्यघाटमा बिना अवरोध दाहसंस्कार गर्न पाउनु पर्ने माग गर्दै एक पक्षिय स्थानीयहरुले सप्तकोसी नगरपालिका र वडा न १को कार्यलयमा शुक्रबार तालाबन्दी गरेका थिए।
बिगत केहि समय देखि आर्यघाट ब्याबस्थापनको बिषयलाइ लिएर स्थानीयहरु बिच विवाद हुदै आएको थियो विवाद उत्पन्न भए पछि दुबै पक्ष बाट आ आफ्नो माग राख्दै एक पक्षले मानब बस्तीबाट आर्यघाट अन्यत्र सार्नु पर्ने र अर्को पक्षले चलिआएको सोहि ठाउँमा आर्यघाट ब्याबस्थित गर्नु पर्ने माग राख्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।
दुबै पक्षले आ आफ्नो माग सहितको ज्ञापनपत्र बुझाए पनि स्थानीय सरकारले समयमै दुबै पक्षको मागलाइ सम्बोधन र दुबै पक्षलाइ छलफलमा राखेर समस्याको समाधान निकाल्न नसक्दा स्थानीय स्थानीय बिच दुइ समुहमा बिभाजन भै विवाद सृजना हुदा द्वन्दको अवस्था उत्पन्न भएको थियो। आर्यघाट विवादलाइ लिएर नगरपालिका र वडा कार्यलयमा तालाबन्दी र तत्कालीन आर्यघाट विवादको समाधानको लागि सप्तकोसी नगरपालिकाकाले मङलबार राखेको सर्बपक्षिय छलफल पछि आर्यघाटको दृर्घकालिन समस्याको समाधानको लागि कार्यपालिकाको बैठक बाट सर्वपक्षीय चहाना अनुरुपको उपयुक्त स्थान चयन गरि त्रियुगा मोक्षधाम निर्माणका लागि अगाडि बढाइने र दृर्घकालिन रुपमा आर्यघाटको ब्यबस्थापन नहुनजेल सम्मको लागि सोहि ठाउँमा आर्यघाट रहने सर्वपक्षीय बैठकको सहमतिको निर्णय भएपछि नगरपालिका र वडा कार्यलयमा लागेको ताला खुलाइएको छ।
आर्यघाटको बिषयलाइ लिएर सप्तकोसी नगरपालिका र वडा न १ को कार्यलयमा शुक्रबार तालाबन्दी भए पछि ४ दिन देखि नगरपालिका र वडा कार्यलय बन्द भै कामकाज ठप्प हुँदा कार्यलय बाट सेवालिने सेवाग्राही जनताहरु प्रभावित भएका थिए।
आर्यघाटमा पटकपटक विवाद हुदै आएकोले आर्यघाटको दृर्घकालिन ब्याबस्थापनको लागि नगरपालिकाले ७ करोडको लागत स्टिमेट सहितको डिपिआर तयार गरि त्रियुगा मोक्षधामको रुपमा आर्यघाट ब्याबस्थापनको लागि आ. ब. ०८२/०८३ को लागि ८७ लाख बजेट समेत बिनियोजन गरिसकिएकोले आपसी सर्वपक्षीय छलफल अनुरुपनै कार्यपालिका बैठक बाट उपयुक्त स्थान छनौट गरि आर्यघाटको दिगो ब्याबस्थापन गरिने निर्णय गरि नगरपालिका र वडा न १ को कार्यलयमा लगाइएको तालाखोलिएको सप्तकोसी नगरपालिका नगरप्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।
आर्यघाट विवाद बार्ता सम्बादको माध्यम र जनचहाना अनुरुपनै समस्याको समाधान गरि तत्कालीन आर्यघाटलाइ ब्याबस्थित गर्दै सामाजिक सद्भाव कायम गर्ने गरि पबित्र त्रियुगा किनारमा उपयुक्त धार्मिक तिर्थस्थल तथा पर्यटकिय स्थलकोरुपमा परिणत गर्न त्रियुगा मोक्षधाम निर्माण गर्न लागिएको सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणि प्रसाद पोखरेलले बताए। 


