सप्तरीमा घाँस काट्ने क्रममा रुखबाट लडेर फुयालको मृत्यु

उत्सव आचार्य
कञ्चनरूप, ७ कार्तिक । सप्तरीमा बिहीबार बिहान घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ प्रसाहाका ६२ वर्षीय पर्शुराम फुयालको रुखबाट लडेर मृत्यु भएको हो ।
स्थानीय रमेश थापाका अनुसार फुयाल भाइ टीकाका दिन बिहान ८ बजे तिर घरबाट बाख्रा खसीलाई घाँस काटने क्रममा रुखबाट लड्नु भएको थियो । उहाँको परसाहा सामुदायिक वनमा घाँस काट्न क्रममा रुखको हाँगा भाँचिइ भुईँमा लडी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।फुयालको शव राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोस्टमार्टम पछि शुक्रबार त्रियुगा आर्यघाटमा अन्तेष्टी गरिएको छ ।

Facebook Comments Box


