सप्तकोसी / सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित तेस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको फाइनल खेल मङलबार सम्पन्न भएको छ।
सप्तकोसी नगरपालिकाको मुख्य सहयोगमा नगर खेलकुद बिकास समितिको सप्तकोसीको आयोजना न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा र नेपाल ब्याडमिन्टन संघ र जिल्ला ब्याडमिन्टन संघ सप्तरीको प्राबिधिक सहयोगमा फाल्गुन २ गते देखि संचालित राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मङलबार भएको फाइनल खेलमा मेन्स डबल ओपन बिधामा छितिज खनाल र देबराज रानाको जोडीले सुनिल कार्की र महेश खड्काको जोडीलाइ २१-९,२१-१३ को अन्तरले पराजित गर्दै उपाधि जितेका छ्न। मेन्स सिङल ओपन तर्फको बिधामा छितिज खनाल एपिफले एपिएफकै देबराज राना लाइ २१-११ र २१-८ को अन्तरले हराउदै उपाधि जितेका छ्न भने ४५ पलसको बिधामा सन्जयकपालि जोडी प्रेम गुरुङको जोडीले श्रवण चौधरी जोडी इन्द्र महताराको जोडीलाइ २३-२१,२०-२२ र २१-१५ को अन्तरले हराउँदै उपाधि जितेका छ्न।
अन्डर १३ मा अस्बिन तामाङ ले तयाबुङ्ग राइ लाइ २२-२०,२१-११को अन्तरले हराउँदै उपाधि जितेका छ्न।
मेन्स डबल ओपन बि डिभिजनको उपाधि गजेन्द्र बस्नेत र दर्पन केरुङको जोडीले संगम गिरि र मिसेक चोमबाङको जोडी लाइ २१-१४ र २१-१३ को अन्तर मा हराउदै उपाधि हात परेका छ्न।
भने अन्तर पालिका स्तरीय प्रतियोगिताको उपाधि प्रचण्ड बिस्ट जोडी प्रसिद्ध बिस्ट सप्तकोसीले .भगत खिमदुम जोडी शम्भु राइको जोडीले हराउँदै उपाधि जितेका छ्न।
सप्तकोसी नगरपालिका वडा न १ फत्तेपुरमा रहेको बहुउपयोगि कभर्डहलमा संचालित तेस्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०८२ का सम्पुर्ण बिधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाइ सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र बितरण  गरेका छ्न। प्रतियोगिता मा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीहरुलाइ बिदागतरुपमा मेन्स डबल ओपनका बिजेतालाइ ५० हजार ३० हजार र २०/२० हजार नगद सहित ट्रफी मेडल र ट्रफि मेन्स ओपन सिङलबिजेता लाइ ३० हजार २० हजार र १० हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र मेन्स डबल बि बिजेतालाइ ४१ हजार २५ हजार र १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र मास्टर डबल ४५ पलसका बिजेतालाइ ३० हजार २० हजार र १५ हजार नगद ट्रफी मेडल र प्रमाणपत्र अन्डर १३ का बिजेतालाइ १० हजार ६ हजार र ६ हजार ट्रफी मेडल र प्रमाणपत्र र अन्तर पालिका बिजेतालाइ १० हजार ६ हजार र ६ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र बितरण गरिएको आयोजकले जनाएको छ

Facebook Comments Box